Skip to main content

नेपाली (Nepali)

नि:शुल्क अनुवादन सेवाहरू, दोभाषे वा उचित आवासका लागि अनुरोध गर्नुहोस्

भर्मन्ट कर विभाग असक्षमता भएका व्यक्तिहरूलाई हाम्रा सेवाहरूमा समान पहुँच प्रदान गर्न प्रतिबद्ध छ। यसमा श्रवणहीन वा सुन्न नसक्ने वा दोहोरो इन्द्रियमा कमजोरी भएकाहरूका साथै सीमित अङ्ग्रेजी बोल्न, पढ्न, लेख्न वा बुझ्न सक्ने क्षमता भएकाहरू समावेश छन्।  

दोभाषे वा अनुवादन अनुरोध गर्नुहोस्

अङ्ग्रेजी तपाईंको प्राथमिक भाषा होइन वा तपाईंसँग अङ्ग्रेजी पढ्ने, बोल्ने, लेख्ने वा बुझ्ने क्षमता सीमित छ भने, तपाईंसँग दोभाषेको सहायता पाउने अधिकार छ। भर्मन्ट कर विभागले भर्मन्ट कर र कार्यक्रमहरू नेभिगेट गर्नमा मद्दत गर्नका लागि तपाईंलाई दोभाषे उपलब्ध गराउने छ।

उचित आवासका लागि अनुरोध

करदाताहरूले आफ्नो अपोइन्टमेन्टको समयमा अग्रिम अनलाइन, टेलिफोन, लिखित वा प्रत्यक्ष उपस्थितिमा उचित आवासका लागि अनुरोध गर्न सक्छन्। हाम्रो भवनको लबीमा र हाम्रो वेबसाइटमा, हामीले दोभाषे सेवाहरू, भाषा पहिचान कार्ड र 'म तपाईंलाई सुन्न सक्दिनँ' सङ्केत देखिने ठाउँमा पोस्ट गर्छौँ।

हामीले सबै व्यक्तिहरूका लागि आवास अनुरोध प्रक्रियालाई सकेसम्म पहुँचयोग्य र सुविधाजनक बनाउन प्रयास गर्छौँ।

सहयोग अनुरोध गर्ने विकल्पहरू

  • प्रत्यक्ष उपस्थितिमा - हाम्रो भवनको लबीमा जानुहोस् र कुनै कर्मचारीले तपाईंका लागि अनुरोध पेश गर्नु हुने छ।
  •     इमेल - tax.support@vermont.gov मा सन्देश पठाउनुहोस्
  •     टेलिफोन - (802) 828-3763 मा कल गर्नुहोस्

अख्तियारनामा फाराम

PA-1

यस फारामको प्रयोजन के हो? तपाईं यो फाराम प्रयोग गरेर आफ्नो "एजेन्ट" का रूपमा कर व्यवसायी, वकील, परिवारको सदस्य वा साथी जस्ता अर्को व्यक्तिलाई नियुक्त गर्न सक्नुहुन्छ। एजेन्टलाई भर्मन्ट कर विभागसँगको कुराकानीमा तपाईंको प्रतिनिधित्व गर्न र तपाईंको तर्फबाट कर फिर्ता (ट्याक्स रिटर्न) दायर गर्ने अधिकार छ।

करको जानकारी जारी गर्ने अधिकार फाराम

8221-VT

यस फारामको प्रयोजन के हो? यस फारामले तपाईंको करको जानकारी अर्को व्यक्तिलाई जारी गर्न अनुमति दिन्छ। यो कुनै कर व्यवसायी, वकील, दोभाषे, परिवारको सदस्य वा साथी हुन सक्छ। यसले कर विभागलाई तपाईंको करका बारेमा यस व्यक्तिसँग कुरा गर्न अनुमति दिन्छ।